समयरेखा


वाइडबडी काण्डबारे नयाँ खुलासा


खोज पत्रकारिता केन्द्र नेपाल र बेलायतकाे फाइनान्स अन्कभर्डकाे सहकार्यमा गरिएकाे खाेज

नेपाल वायुसेवा निगमले किनेको दुईटा वाइडबडी जहाज नेपाल सरकारको हालसम्मकै सबैभन्दा ठूलो खरिद हो । विभिन्र मुलुकहरुमा दर्ता भएका कम्पनीमार्फत् गरिएको कारोबार अपारदर्शी छ र ती कम्पनीका मालिकहरुको विवरणले पनि सोही कुरा पुष्टि गर्दछ । बिक्रेता समूहको एक कम्पनी एएआर कर्पले अमेरिकाकै नियामक निकायलाई उक्त कारोबारमा भ्रष्टाचार भएको हुनसक्ने भनी आफैले सूचना दिएको छ । त्यसमा अमेरिकामै अनुसन्धान जारी छ । यो कारोबार एयरबससँग सोझै गरिएन तर हाम्रो खोजले एयरबस आफै यसमा संलग्न रहेको आधारहरु फेला परेका छन् ।


२०७२
पुस १७
पुस १७
नेपाल वायुसेवा निगमद्वारा दुई वाइडबडी जहाज किन्ने याेजना पारित ।
जेठ १५
२०७३
जेठ १५
बजेट भाषणमा अर्थमन्त्री विष्णु पाैडेलद्वारा दुई वाइडबडी विमान किन्ने घाेषणा ।
२०७३
असाेज १०
असाेज १०
निगमले नयाँ वाइडबडी विमान खरिद गर्न बाेलपत्र आह्वान ।
फागुन ४
२०७३
फागुन ४
दस लाख अमेरिकी डलर बैना रकम पठाइयाे।
२०७३
फागुन १०
फागुन १०
आपूर्तिकर्ता समूहले आयरल्याण्डमा एक डलर कम्पनीकाे स्थापना।
चैत २५
२०७३
असार १
२०७४
असार १
७ कराेड ९० लाख अमेरिकी डलर भुक्तानी।
२०७५
असार १४
साउन ४
२०७५
साउन ४
अन्तिम किस्ता वापत ६ कराेड ८१ लाख अमेरिकी डलर भुक्तान।
२०७५
साउन १०
पुस १८
२०७५
पुस १८
वाइडबडी काण्डमा ४ अर्ब ३५ कराेड घाेटाला भएकाे लेखा समितिकाे निष्कर्ष।
अपारदर्शी खरिद प्रक्रियाबाट भित्र्याइएका दुवै वाइडबडीले निगमलाई अपेक्षित लाभ दिन सकेका छैनन्। निगमले दुवै कोषलाई सुरूदेखि नै ऋणको नियमित किस्ता तिर्न सकेन। अपारदर्शी सम्झौता मार्फत विमान खरिदका लागि लिइएको ठूलो ऋण भनेको दुवै कोषमा संलग्न झन्डै १३ लाख नेपालीको बचत रकम हो। जसको जोखिम बढेर गएको छ।

निगमले २०७९ साल पुस मसान्तसम्म नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने ब्याज, साँवा र जरिवानासहित कुल बक्यौता ३१ अर्ब ४० करोड रूपैयाँ नाघेको छ। निगमको कुल सम्पत्ति १ अर्ब ७९ करोड रूपैयाँ ऋणात्मक छ। निगमको ऋण ‘प्रोभिजनिङ’ गर्नु परेकाले दुवै कोषहरूको नाफा प्रभावित भएको छ।

खाेजमुलक समाचार पढ्नका लागि तलको लिंकमा जानुहाेस् ।

  वाइडबडी खरिद अपारदर्शी र शंकास्पद रहेको नयाँ तथ्य
 Revealed: the intermediaries and companies behind Nepal Airlines US$ 216m Airbus purchase